
काठमाडौं, सरकारले नेपाली कूटनीतिक नियोगको सिफारिसमा तीन सय र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च बेहोर्ने गरी उद्धार गरिने दुई सय गरी दैनिक पाँच सय यात्रुको उडान अनुमति दिएका छन । यस्ता उडानबाट आउनेलाई काठमाडौँ उपत्यकाका तोकिएका स्थानमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको समेत जनाइएका छन । यस्तो व्यवस्था उपत्यकाका जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले गर्नेछन् । विदेशबाट आएर क्वारेन्टाइनमा रहेकाहरूको पीसीआर परीक्षणको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्नेसमेत जनाइको छ ।
बैठकले खाद्य पदार्थहरूको गुणस्तर निर्धारणसम्बन्धी आदेश, पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७७, राष्ट्रिय जनगणना २०७८ को घर तथा घरपरिवार सूचीकरण फाराम र मुख्य प्रश्नावली र प्रेस काउन्सिल (कार्यव्यवस्था) (तेस्रो संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ । गोरखापत्र सभार







