
डोटी, डोटी जिल्लाको पुर्वीचौकी गाउँपालिका १ फुलौटामा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन ।
डोटिका जिल्ला प्रहरी कार्यलयका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको बस दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा परि मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन । घाइतेहरुलाई नेपाली सेना, नेपाल प्रहरी तथा शसस्त्र प्रहरिको टोलिले उद्वार गरिरहेको जिल्ला प्रहरी कार्यलय डोटिले जानकारी दिएका छन ।





