January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

थप ३१५ जनामा काेराेना पुष्टि,६ जनाकाे मृत्युु

काठमाडौं मंसिर १६ गते । गएकाे २४ घण्टामा नेपालमा ३१५ जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४०३ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट २९८ जना र एन्टीजेन परिक्षण विधीबाट १७ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ भने थप २०१ जना संक्रमित  डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७ दशमलव ७ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा काेभिड १९ का कारण मृत्युु हुनेकाे कुल संख्या भने ११ हजार ५३५ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको