March 28, 2024, Thursday
२०८० चैत्र १६, शुक्रबार

राप्रपाको अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षका लागि उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ । यो शुल्क नेपालको राजनीतिक दलहरुको उम्मेदवारी दर्तामा अहिलेसम्मकै सर्वाधिक शुल्क हो ।

राप्रपाको उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ । निर्वाचन समितिका संयोजक निरञ्जन थापाले शुल्कबारे जानकारी दिए ।उम्मेदवारी दर्ता गरी निर्धारित समयमा फिर्ता नलिएमा रकम राप्रपाको कोषमा दाखिला हुने बुझिएको छ ।

राप्रपामा अध्यक्ष १, महिलासहित ४ उपाध्यक्ष, महिलासहित ३ महामन्त्री र १४१ केन्द्रीय सदस्य चयन हुने भएको छ ।राप्रपामा उम्मेदवारी दर्ताका लागि चर्को शुल्क लिइएबाट दशौं लाख रकम संकलन हुने देखिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको