January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

थप २५५ जनामा काेराेना पुष्टि,दुई जनाकाे मृत्यु

काठमाडौं मंसिर १४ गते । गएकाे २४ घण्टामा नेपालमा २५५ जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४६९ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट २४५ जना र एन्टीजेन परिक्षण विधीबाट १० जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ भने थप २५६ जना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७ दशमलव ७ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा काेभिड १९ का कारण मृत्युु हुनेकाे कुल संख्या भने ११ हजार ५२६ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको