April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

अन्तर्राष्ट्रिय सिमानाका भदौ ३१ सम्म बन्द, विद्युतीय माध्यमबाट काम गर्न निर्देशन

काठमाडौं, कोरोना संक्रमणको जोखिम बढदै गएपछि आउदो भदौ ३१ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सिमानाकाबाट हुने आवागमन बन्द निर्णयमा गरिएको छ ।


सोमबार बसेको मन्त्रीपरिषदको निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा प्रविधिमन्त्रि डा युवराज खतिवडाले यसाअघी साउन ३२ गतेसम्मका लागि अन्तर्राष्ट्रिय नाकाबाट हुने सम्पुर्ण आवागमन रोकेकोमा सरकारले संक्रमण बढ्न थालेपछी भदौ ३१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको जानकारी दिएका छन ।


“विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित रहनका लागि छिमेकी मित्र राष्ट्रलगायत अन्य मित्र राष्ट्रले चालेका प्रयास र अनुभव समेतलाई ध्यानमा राखी सङ्क्रमणबाट सुरक्षित राख्न नेपालको अन्तर्राष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सिमानाका जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन गत साउन ३२ गते आइतबार मध्यरातसम्मका लागि स्थगित गरिएकोमा हाललाई भदौ ३१ गते बुधबार मध्यरातसम्मका लागि नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने गरी निरन्तरता दिएका छौँ”, खतिवडाले पत्रकार सम्मेलनमा बताएका छन । गोरखापत्र सभार

शीर्ष समाचार

धेरै पढिएको