June 6, 2023, Tuesday
२०८० जेष्ठ २३, मंगलवार

नेकपा एमालेको अध्यक्षमा रावल पराजित, २२४ मत प्राप्त गरे

नेकपा एमालेको अध्यक्षमा पराजित डा. भीम रावलले कुल खसेको २ हजार ९६ मतमध्ये २२४ मत प्राप्त गरे । यो कुल खसेको मतको १०.६८ प्रतिशत हुनआउँछ ।

रावलको पक्षमा एमालेका कुनैपनि हस्ती नेताहरु खुलेका थिएनन् । अध्यक्षका विजयी केपी शर्मा ओली इतर मानिने हस्ती नेताहरु पनि खुलेनन् ।

रावलले प्राप्त गरेको २२४ मत आफैमा महत्वपूर्ण छ । कुल खसेको मतमध्ये यो १० प्रतिशतभन्दा बढी हो । एमालेमा कुल २१५३ प्रतिनिधि चयन भएका थिए ।

५७ जनाले मतदान गरेनन् । भने एमालेमा ओलीले तयार गरेको पदाधिकारी र केन्द्रीय सदस्यको सूचीलाई नै सदर गर्ने प्रयास भएको थियो । हार्ने जान्दा जान्दै चुनावमा होमिएका रावलले सम्मानजनक मत ल्याए । उनले यसैबाट ओलीविरुद्ध एमालेभित्र संघर्ष गर्ने रणनीति बनाएको देखिन्छ ।

शीर्ष समाचार

धेरै पढिएको