May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

काँग्रेस रुकुमले लाखौँमा बेच्यो पदहरु,एसपीका प्रेमीका सम्म प्रतिनिधी,पुरा नालीबेली सहित..

नेपाली काँग्रेस रुकुमले सहमतिमा नयाँ नेतृत्व चयन गर्ने भन्दै लगातार ६ दिन सम्मको छलफल पछि विभिन्न चरणमा जिल्ला कार्य समिति, प्रदेश प्रतिनिधीहरु र महाधिवेशन प्रतिनिधिहरुको नाम सार्वजनिक गर्दै गत शुक्रवार जिल्ला अधिवेशन सम्पन्न भएको घोषण गरियो ।

सर्व सहमतिमै नेतृत्व चयन गरेको दावी गर्ने रुकुम काँग्रेसले केहि पदहरुमा आर्थिक चलखेल गरि नयाँ तथा रुकुम काँग्रेसले कहिले नदेखेका अनुहार ल्याएको भन्दै जिल्लाका शिर्ष नेतृत्व प्रति कार्यकर्ताहरुको आक्रोस बढेपछि शिर्ष नेताहरुले रातारात जिल्ला छोड्नु परेको छ भने निर्वाचन समितिले समेत सम्पूर्ण प्रकृया समेत पुरा गर्न नपाएरै अधिबेशन सम्पन्न भएको छ ।

देउवा पक्षका भनिने कृष्ण रोकाय र यस अघि पौडेल पक्षका भनिने प्रेम प्रकाश ओली बिच सभापतिमा प्रतिष्पर्धा हुने सम्भावना थियो । स्थानीय स्तर देखि दुबै पक्षमा विभाजित नेता तथा कार्यकर्ता आ आफ्नो टिमको आन्तरिक प्रतिस्पर्धामा लागिरहेका बेला तत्कालिन सभापति प्रेम प्रकाश ओली, पूर्व सभापति मानवहादुर नेपाली लगायतका जिल्लाका प्रमुख मानिएका नेताहरु पौडेल पक्षलाई त्यागि देउवा पक्षमा लागेको खवर जिल्लाभर संचार भएपछि रुकुम (पश्चिम) मा पौडेल पक्षमा कुनै नेतृत्व बिहिन भयो ।

केहि महिनामा गुटको समिकरण रुपान्तरण भएसंगै जिल्लामा बर्षो देखि देउवा गुटमा रहेका कृष्ण बहादुर रोकाय र केहि महिना अघि मात्र देउवा गुटमा समाहित भएका प्रेम प्रकाश ओली, मान बहादुर नेपालीको समुह बिच मुख्य नेतृत्वमा चुनाव हुने निश्चित जस्तै थियो ।

जिल्लाका ७३ वडामा नेपाली काँग्रेसको अधिबेशन सकिएपछि आएका प्रतिनिधीहरुको अंकगणितिय विश्लेषन गर्न थालियो । दुबै वक्षले आफुहरु बलियो रहेको दावी गरेपनि जिल्लाका अधिकाशं वडा वाट प्रेम प्रकाश ओली पक्षका क्षेत्रिय प्रतिनिधी निर्वाचित भएपछि संसकित भएका कृष्ण रोकाय एउटा सानो झुण्ड बोकेर महामन्त्री पूर्ण वहादुर खड्का, कर्णाली प्रदेशका मुख्य मन्त्री तथा देउवा पक्षिय नेता जिवन बहादुर शाहि लगायतसंग छलफल गर्न केही हप्ता अगाडी सुर्खेत पुगे । सुर्खेत बाट फर्केपछि जिल्लाको नेतृत्व हातमा लिन सक्ने अवस्थाको समिक्षा गरि चुनावमा पराजय हुने अवस्थाको समेत विश्लेषण भएपछि रोकाय चुनावी प्रकृयाबाट सहमति गर्ने निश्कर्षमा पुगेका थिए ।

सहमतिमा सम्मानजनक ब्यवस्थापनका लागि पहल थालेका रोकायले आफु निकटका नेता तथा कार्यकर्ताहरुसंग छलफल समेत नगरि ओली पक्षसंग पदिय वाँग्रेनिङ्घमा लागेको आरोप छ भने अर्को तर्फ वाँग्रेनिङ्घ गरिएका मुख्य पदमा आफ्नै वहिनी ज्वाई प्रमेश्वर भण्डारीलाई सचिव र बहिनी मनिषा रोकायलाई महाधिबेशन प्रतिनिधी बनाएपछि रोकाय समुहका अधिकाशं कार्यकर्ता आक्रोशित भएका छन ।

जिल्लाका शिर्ष नेताहरुलाई सम्मानजनक ब्यबस्थापन गर्ने भन्दै देउवा पक्षमा लागेका प्रेमप्रकाश ओली, मानवहादुर नेपालीले नेता कृष्ण बहादुर रोकायलाई प्रदेश समितिमा उपसभापति वा महामन्त्री बनाउने सहमति गरिएको छ भने नेता गोपाल शाहलाई केन्द्रिय सदस्य र नेता नेपालीलाई दलित कोटावाट केन्द्रिय सदस्यको उम्मेदवारी बनाउने गरि सहमति भएको छ ।

जिल्लाको नेतृत्वलाई ब्यवस्थापन गर्न र समहतिमा जिल्ला अधिबेशन सम्पन्न गर्न गोपाल शाह शाहलाई संयोजक बनाइएको थियो । शाह नेतृत्वको भागवण्डा लगाउने टोलीले पाटीमा लामो समय देखि लगानी गरेकाहरु र द्धन्द प्रभावितहरुको अवमुल्यन गरि विभिन्न पेशा ब्यबसाय गरि काठमान्डौ बसेकाहरुलाई मुख्य नेतृत्व र महाधिबेशन प्रतिनिधी बनाइएकोमा जिल्लामा अर्को अन्तर द्धन्द सिर्जना गरि काँग्रेस कार्यकर्तामा निराशा र आक्रोस बढाएको छ । निष्ठाको राजनिति गरिरहेका र माओवादीको कठोर प्रभाव व्यहोरीरहेका कयौँ सोझा कार्यकर्ताहरु यतिबेला अलमलमा परेका छन ।

प्रत्येक वर्ष काठमाडौँ बाट लाख बोकेर रुकुम जान्छन महाधिवेश प्रतिनिधि पद किन्न

सुन्दा अचम्म लाग्ला तर यथार्थ हो,जब रुकुम मा नेपाली काँग्रेसको अधिवेशन हुन्छ त्यतिबेला प्रत्येक वर्ष काठमाडौ बाट महाधिवेशन प्रतिनिधि पद किन्न केही व्यक्तिहरु रुकुम पुग्छन । अघिल्ला वर्षहरु जस्तै यसपटक पनि ती कयौ ब्यक्तिहरु लाखौं रुपैया बोकेर रुकुम पुगे । वर्षमा एक दुई दिन मात्र जिल्लामा आउने उनीहरु यस पटक भने महिनौ सम्म जिल्ला बस्नु प¥यो ।

अधिल्ला पटक भन्दा यस पटक भने महाधिबेशन प्रतिनिधी पद तिनीहरुका लागि निक्कै मँहगो परेको छ । जिल्लामा कुनै कार्यक्रम गर्नु परेमा वा गम्भिर विरामी परेका कार्यकर्ताहरुको उपचार र उद्धारका लागि एक सुक्का पनि खर्च नगर्ने उनीहरु महाधिबेशनका लागि भने बिसौ लाख सम्म खर्च गर्न तयार हुन्छन । विभिन्न कारण वर्षो देखि हिंसा व्यहोरी रहेका काग्रेस कार्यकताहरुका लागि निष्ठाको राजनिति चरम आर्थिक चलखेलका कारण सुसुप्त बन्दै गएको छ भने आम नागरिकहरुमा समेत उत्साह हराएको छ ।

नेपाली काँग्रेसमा महाधिबेशन प्रतिनिधि धेरैका लागि रोजाइको विषय बन्छ । महाधिबेशन प्रतिनिधी भएपछि केन्द्रिय नेताहरुसंग नजिक हुन पाइने, र कयौ लाभको पद लिन सकिने भएकाले काठमान्डौमा बस्नेहरुका लागि महाधिबेशन प्रतिनिधि आर्कषक पद मान्छन् । दशै तिहार मान्न जिल्ला गएका केहि नेताहरु पाँच देखि पचास लाखमा ती पदहरु किनेर काठमाडौ फिर्ता भएका छन् ।

देउवालाई मेलम्ची काण्ड लगाएर जेल हालेका शाहले किने १० लाखमा पद

गगन थापा रुकुम जादा साविकको गराइलामा भएको संबिधान सभा निर्वाचन पहिले गरिएको कार्यक्रममा माओबादिका सयौँ लडाकु तथा माओबादी कार्यकर्ता काँग्रेसमा पाटी प्रवेश गराएका तथा पाटीमा अत्यन्तै सक्रिय रुपमा लागेका सानोभेरी गाँउ पालिका अध्यक्षमा चुनाव लडेका गोरख चन्दलाई यसपटक कुनै वास्तै गरिएन । बरु उनको ठाँउमा शाही कालमा शेर बहादुर देउवालाई मेलम्ची काण्ड लगाएर जेल हालेका हरिश चन्द शाहबाट दश लाख रुपँया लिएर महाधिवेश प्रतिनिधी उनै कृष्ण रोकायले बेचे ।

बिरलै मात्र जिल्ला जाने शाह यस पटक भने दुई हप्ता जिल्लामा बसे । धेरै कार्यकर्ताले नाम समेत नसुनेका हरिश चन्द्र शाहले यस पटक भने काँग्रेसको जिल्ला अधिबेशनमा आएका नाँच र झाँकिहरुलाई पाँच देखि पन्ध्र हजार पुरस्कार दिएपछि मात्र उनको चर्चा कार्यकर्ताहरु मा भएको थियो । प्रत्येक वर्ष रुकुममा महाधिवेशन प्रतिनिधि पद लाखौं रुपैयामा खरिद गर्न जाने एक नम्बर पात्र यिनै शाह हुन । महाधिवेशन प्रतिनिधि पद किनेर उनी शनिवार काठमाडौ फर्केका छन् ।

हरिश चन्द शाह केन्द्रिय सदस्यको तयारी गर्ने र शेर बहादुर देउवा विरुद्ध चुनावी तयारी गरिरहेका सशांक कोइरालाको जुठो खाने पात्र भएको जिल्लाका कार्यकताहरुको आरोप छ । शनिवार अबेर सम्म जिल्ला अधिबेशन सम्पन्न भएको सुचनाहरु सार्वजनिक गरिएन । आक्रमण हुने डरले शनिवार शिर्ष नेताहरु रातारात काठमाडौ फर्के पछि मात्र एक एक गरेर अधिबेशनका कयाैँ सुचनाहरु सार्वजनिक गरिएका हुन ।

ललितले किने बिस लाखमा महाधिवेशन प्रतिनिधि पद

यस्तै काँग्रेस रुकुमका कार्यकर्ताले कहिल्यै अनुहार नदेखेका र नसुनेका अर्का पात्र हुन ललित शाही । शाहीको लागि यसपटक महाधिवेश प्रतिनिधी पद २० लाख परेको छ । उनी अलि मँहगोमा परेका छन। उनी पनि प्रत्येक वर्ष जिल्लामा महाधिवेशन प्रतिनिधि पद किन्न जान्छन् । अघिल्ला वर्ष सम्म किनेर पनि नपाएका उनले यस पटक अलि मंहगोमा भएपनि किनेर काठमान्डौ फर्के । जिल्लाका कार्यकताहरुमा समस्या हुदा कुनै वास्ता नगर्ने उनी काठमाडौमा बालगृहका नाममा क्रिश्चियन संस्थाहरु बाट पैसा लिएर करोडौ घोटाला गरेको आरोप लागेका ब्यक्ति हुन । सर्वोच्च र जिल्लाका केही न्यायधिसहरु संग सम्बन्धमा रहेर विभिन्न मुद्दाहरुमा मोटो रकम बार्गेनिङ गर्ने र पैसा असुल्ने उनको धन्दा रहेको स्रोत बताउँछ ।

दाङका हेमन्त ओलीले पाँच लाखमा किने प्रदेश प्रतिनिधी

त्यस्तै प्रदेश प्रतिनिधि पद पनि पाँच लाख सम्म बिक्रि भएको छ । दाङका हेमन्त ओलीले यस पटक रुकुम पुगेर पाँच लाखमा प्रदेश प्रतिनिधि पद किनेका छन् ।यी ओलीलाई पनि रुकुम काँग्रेस कार्यकर्ताले चिन्दैनन । त्यस्तै अर्का महाधिवेशन प्रतिनिधि तुफेल अहमद खा बाट ५ लाखको कारोबार मिलाउने सहमति गरेर महाधिवेशन प्रतिनिधि बनाइएको छ । उनी नेपालगन्जका व्यापारी हुन । मुश्लीम समाबेशी भएकाले उनका पद अरु भन्दा सस्तो भएको हो ।

नेपाली काँग्रेसमा आस्था राखेकै कारण अहिले पनि रुकुमका काँग्रेस कार्यकर्ताले भोग्ने पिडा पाकिस्तान,बंगलादेश आदि ठाँउका हिन्दुहरुले भोग्ने भन्दा कम छैन । काँग्रेसको कार्यक्रमहरुमा सहभागि भएकै कारण अहिले पनि माओवादीले नेतृत्व गरिरहेका स्थानीयतहवाट पाउने सामान्य सेवा सुविधाहरु पाउन निकै झंझट अनि कयौ कारुणीक पिडा छ ।

द्धन्द्धकालमा जिल्लामा सय भन्दा बढि काँग्रेस नेताहरु माओवादी बाट निर्ममताका साथ मारिए भने कयौ पिडाहरु अहिले पनि जिवन्त छन । सहिद, घाइते र दन्द्ध प्रभावित कार्यकताहरुमा उच्च मनोवल सिर्जना गर्नुपर्ने बेला निश्चित स्वार्थ र आर्थिक चलखेलको सहमतिले काँग्रेस कार्यकर्ताहरुको मन नराम्रो सँग राएको छ । काँग्रेस कार्यकर्ता तथा प्रतिनिधीहरु निर्वाचन मार्फत नेतृत्व चयनको अपेक्षा गरेका थिए ।

नयाँ सवल र सक्षम नेतृत्व चयन गर्न ६ दिन सम्म आफ्नै खर्चमा सदमुकाम बसेका कयाैँ कार्यकर्ता जब विभिन्न चरणमा महाधिबेशनका खवरहरु बाहिरिए तब उनीहरुमा पिडाका कयाैँ कारुणीक दृष्यहरु छरपष्ठ देखिन्थे ।

स्थानीयतहमा माओवादी सत्ताबाट भोगेका कयाैँ पिडाहरु आगामी निर्वाचन मार्फत रुपान्तरण गर्न चाहेका आमरुकुमेली काँग्रेस जनका लागि पटकको काँग्रेसको जिल्ला अधिबेशन सुखद रहेन । जिल्लाका ब्यबसायी, कर्मचारी लगायतका अन्य सर्वसाधरणले समेत खुल्ला आर्थिक चलखेलका कारण दिक्दार महशुस गरे ।

काँग्रेसको पाटी कार्यालय निर्माणका लागि भनेर आर्थिक जोहो गर्नुपर्ने बाध्यता नेतृत्वमा भएपनि पदलाई बिक्रि गर्न नहुने आम कार्यकर्ताको बुझाई छ । जिल्लाका लाखाैँ कार्यकताले आर्थिक सहयोग गर्न नसके पनि पाटि कार्यालय बनाउन महिनौ सम्म श्रम गर्न तयार रहेका प्रतिक्रिया दिए ।

नेताहरूका कमिकमजोरिहरु कार्यकर्ताहरुले छरपस्ट पारिदिएका थिए । काँग्रेस रुकुमका पुर्व सभापति मान बहादुर नेपाली बिरुद्ध उनकै गाउँ आठबिसकोटका पुर्वनगर सभापति कमल शाह क्रियाशिल सदरमुकामको एसियन होटेलबाट सशस्त्र र नेपाल प्रहरीले कडा सुरक्षा दिएर सभापति प्रेम प्रकाश ओलीको घरसम्मै मान बहादुरलाई स्कर्टिङ गर्नुपरेको फरक दृष्य यस पटक रुकुम काँग्रेसजनमा देखियो ।

विवादित पात्रलाई छानिछानि महाधिवेशन प्रतिनिधी बनाइयो

उसो त गत स्थानिय प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसलाई मत नै नहालेकी कमला रोका भन्ने नयाँ पात्रलाई महाधिवेशन प्रतिनिधी बनाइएको छ । जो एमाले कार्यकर्ता हुन, उनैलाई महाधिवेशन प्रतिनिधि बनाइएको भन्दै सानिभेरी गाउपालिकाकै सयौँ नेता कार्यकर्तामा व्यापक असन्तुष्टि छ ।

सभापति ओलीलाई रक्सी बोकेर खुवाउने र भाडा माझेर आफ्नी श्रीमतिलाई महाधिवेशन प्रतिनिधि बनाएको भन्दै गत स्थानिय तह निर्वाचनमा सानिभेरी गाँउपालिका बाट उप –प्रमुखको उम्मेदवार समेत रहेकी पुष्पा ओलीले पार्टी सभापतिलाई नै सम्बोधन गरेर ओलि दाई नै सभापति हुदा आफ्नी बहिनीलाई किन अन्याय गर्नु भो? भनेर व्यङ्गग्यात्मक टिप्पणी लेखेकि छिन । त्यस्तै रुकुमवासी नेपाल प्रहरीका एकजना ओली थरका वरिष्ठ प्रहरी अधिकारीको सिफारिसमा काठमाडौमा बसेकी उनिकी प्रेमिकालाई समेत प्रतिनिधि बनाइएको विशेष स्रोतले बताउँछ ।

यस्तै गत स्थानीयतहको निर्वाचनमा वडाको टिकट नपाएको भन्दै अर्को पाटी प्रवेश गर्न लागेको चर्चा कमाएका गोरख वहादुर केसीले यस पटक सजिलै महाधिबेशन प्रतिनिधी पाए । लामो समय सरकारी सेवामा रहदाँ काग्रेसलाई असहयोग गदै आएका उनीले रिटार्ड पछि काँग्रेस राजनितिमा आएका हुन ।ठेकेदार समेत गर्ने उनीले पाटिलाई आर्थिक सहयोग गदै आएकाले महाधिबेशन प्रतिनिधि बनाइएको जिल्लातहका नेताहरुको भनाई छ ।

अझ अच्चमको कुरा त के छ भने जिल्लामा सार्वजनिक गरिका २५ जना महाधिवेशन प्रतिनिधि केन्द्रमा बुझाँउदा अरु नाम समेत फेरबदल हुने हल्ला चलेको छ । निर्वाचन अधिकृतले जिल्लामा सार्वजनिक गरेको निर्वाचित नामावलीमा फेरबदल हुने व्यापक हल्ला चलेपछि रुकुम काँग्रेसका कार्यकर्ता थप क्रुद्ध बनेका छन् ।

विगत देखि देउवाको प्रतिनिधिको रुपमा आफुलाई उभ्याउने र पौडेल पक्षलाई तर्साउदै लाभ लिने कृष्ण रोकाय यस पटक अनेक लोभमा चुर्लुम्म डुबे । उसो त रोकाय बाहिर देउवा संग नजिक देखिए पनि भित्री रुपमा सभापति देउवा बिरुद्ध सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेका उपसभापति बिमलेन्द निधिको पक्षमा रहेका छन् । यो सुइको पाएपछि महामन्त्री पुर्ण बहादुर खडका रोकायको गतिविधि प्रती क्रुद्ध बनेको कर्णाली प्रदेशका एक प्रभावशाली नेताले बताए ।

पाटीमा सक्रिय यी ब्यक्तिलाई वास्ता गरिएन ……..

जिल्लामा हुने पाटीका हरेक गतिबिधीमा सक्रिय तथा काँग्रेस सुहाउदा केही ब्यक्तिहरुलाई यो पटक नराम्रो सँग अपमान गरिएको छ । माओवादी द्धन्द प्रभावित, पाटी राजनितिक माहोल कम्जोर हुदाँ चुनाव लडाइएका र वर्षौ देखि अवसरमा वञ्चित वनाइएका कयाैँलाई यस पटक पनि समावेश गरिएन । त्यस्तै मध्येका एक सहिद लोकेन्द्र बटालाका भाई हुन धिरेन्द्र बटाला उनी पार्टी काम नेता कार्यकर्ताको जोहो गर्दा गर्दा पैत्रिक सम्पत्ति नै सकिसकेका उनी यसपाली नेताहरुको कुनै रोजाइमा परेनन् ।

गत निर्वाचनमा आठबिसकोट नगरपालिका प्रमुखको उम्मेदवार हुदा करोड खर्चले उनी थलिएका छ्न । त्यस्तै बलियो सम्पर्क,नेतृत्वको संजाल र युवा विद्यार्थी बिच अधिक रुचाइएका नेविसंघ पुर्व केन्द्रिय सदस्य तारक केसी, राजेश केसी, पार्टी केन्द्रिय कार्यालय सचिव सहिद पुत्र हरि चन्द्र खनाल, जिल्लामा लामो समय देखि पत्रकारीता गरि प्रेस युनियका जिल्ला अध्यक्ष दिनेश खड्का लगायतको कतै नाम सुनिएन ।

अध्यक्ष खड्काको नेतृत्वमा नेपाल पत्रकार महासंघको निर्वाचनामा पहिलो पटक जिल्लामा लोकतान्त्रिक समुहले अत्याधिक मतका साथ चुनाव जिताएका थिए । जिल्लाको लोकतान्त्रिक आन्दोलमा योगदान गर्ने कसैले पनि यस पटक छलफलमा समेत सहभागि हुन पाएनन ।


त्यस्तै केही नेताहरुको खर्च समेत व्यबस्थापन गर्दै आएका नेविसंघका नेता सुशील खडका र कर्ण ओलि, शिक्षक संघ रुकुमका पुर्व सचिव सुनिल शाह जो पटक पटक अवसरमा वञ्चित बनाइएका पात्र हुन । सानोभेरी गाँउपालिका उपाध्यक्ष पदमा चुनाव लडेकी पुष्पा ओलीलाई पाखा लगाएर उनी भन्दा कमजोर पात्रलाई मात्र होइन एमाले माओवादीलाई सहयोग गदै आएका नव प्रवेशी हरुले जिल्लातहका कयाैँ पदमा हालमिुहाली गर्न पाए । बौद्धिक र आफ्नो कुरा प्रष्ट बताउन सक्ने केन्द्रिय नेताहरु संग निकै नजिक रहेका युवा नेता शिव आचार्य दोश्रो पटक पनि रोकायले पेलेका पात्र हुन ।

त्यस्तै मुसिकोट नगरपालिका १ का वडा अध्यक्ष बिरबल केसी, पुर्व आठबिस डाँडागाउ अध्यक्ष सीप बहादुर ओली , नरेन्द्र केसी, दलित संघका सभापति प्रविर ददेल लगायत दर्जनाैँ नेता कार्यकर्ता माथी प्रहार गम्भिर अपमान भएको छ । यस्तै रोकायलाई पार्टी बिभाजन हुदा देखी नै साथ दिदै आएका महेन्द्र के.सी., टोप बहादुर खडका टेक बहादुर बस्नेत लगायतलाई पाखा लगाएका लगाएका छन ।

जिल्लाका पाका पुराना नेता वीर बहादुर ओलीमाथी लात हान्दै उनको ठाँउमा पैसावालाको खोजी भएपछि ओली नामावली घोषणा नहुदै घरतिर लागेका थिए । माओवादीले हात काटिदिएपछी अपांग रहेका नरजित बस्नेत पनि ओली रोकाय गुटको सिकार बनाइएका छन । त्यस्तै कार्यकर्ता माझ लोकप्रिय मानिएका यज्ञ परियार, कमला चन्द, समिरजङ मल्ल, ज्ञानु चन्द, हिरा केसी समेत पाखा लाग्दा बाँफिकोट गाउँपालिकाको एकै गाउका पाँच जना जिल्ला प्रदेश हुँदै केन्द्रतिर जाने अवसर पाएका छन ।

युवा नेता टेक बहादुर पुन जो रुकुम उद्योग वानिज्य संघमा एक्लै चुनाव लडेर विगतमा माओवादी लगायतका सबै पाटीलाई चुनौति दिएका थिए । दिपक बिएम, दिपक पुन, वडा अध्यक्ष केशव के.सी., पुर्व उपसभापति भिम बहादुर डाँगी, सहसचिव थल बहादुर खडका समेत यसपटक पाखा लगाइएका पात्र हुन ।

अब रहेन पौडेल समूह रुकुममा…….

स्वार्थ समिकरण हुदाँ अव रुकुम पश्चिममा पौडेल समुह रहेन । जिल्लाका शिर्ष नेतृत्व देउवा समुहमा लागे संगै जिल्लामा पौडेल समुह विहिन बनेको छ । शेर बहादुर देउवाको पक्षमा प्रष्ट रुपमा खुलेपछि मात्र निर्वाचन बिना सित्तैमा सभापति दोहोराउने अवसर पाएका सभापति ओलीले समुहमा छलफल नगरि पौडेल समूह नै नामेठ पारेको भन्दै उनलाई साथ दिएका नेता कार्यकर्ताहरु राजा हराएको माहुरी जस्ता देखिन्छन ।

अब जिल्लामा पौडेल समुहको नेतृत्व गर्ने ब्यक्ति कोहि छैन । केन्द्रमा देउवालाई नै भोट हाल्ने र सहमतिमा सभापति ओली लगाएत सबै देउवा पक्षमा पूर्णरुपमा खुलेका हुन । लोकप्रिय महिला नेतृ तथा पूर्व राज्यमन्त्री मिठु मल्ललाई आफुहरुले भनेको व्यक्तिलाई भोट हाल्दैन भनेर यस पटक महाधिवेशन प्रतिनिधि नै ल्याइएन । मल्ल जिल्लामा लोकप्रिय नेतृको रुपमा परिचित छिन ।

शीर्ष समाचार

धेरै पढिएको