January 19, 2022, Wednesday
२०७८ माघ ५, बुधबार

एमाले महाधिवेशन : निर्वाचन तालिकामा फेरि हेरफेर

एमालेको दशौं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हुन गइरहेको निर्वाचनको तालिकामा फेरि हेरफेर गरिएको छ । सोमबार संशोधित तालिका अनुसार उम्मेदवारको नाम फिर्ताका लागि समय बढाइएको छ । यसअघि सोमबार बिहान प्रकाशित तालिकामा उम्मेदवारको नाम फिर्ताका लागि बिहान १०ः३० देखि ११ः३० सम्मको समय तोकिएको थियो ।

सोमबारै दोस्रो पटक संशोधित तालिकामा भने नाम फिर्ताका लागि बिहान १०ः५५ बजेदेखि १२ बजेसम्मको समय तोकिएको छ ।

यस्तै, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय ११ः४० रहेकोमा त्यसलाई संशोधन गरेर १२ः०५ राखिएको छ । मतदानको समय भने यथावत् छ । आज राति ९ बजेदेखि भोलि बिहान ३ बजेसम्म नेतृत्व चयनका लागि मतदान हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको