June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

लामो समयदेखि कर नबुझाउनेमाथि कारबाही सुरु

जनकपुरधाम, आन्तरिक राजस्व कार्यालयले लामो समयबाट कर नबुझाउने करदातामाथि कारबाही अघि बढाएको छ ।

कार्यालयका प्रमुख गजेन्द्रप्रसाद यादवका अनुसार दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार पारेर कारबाही अघि बढाइएको हो ।

उनले भने, ‘कर नबुझाउने करदाताको सूची तयार पारेर पहिलो चरणमा टेलिफोनमार्फत कर बुझाउन आग्रह गर्न थालेका छौँ । दोस्रो चरणमा पत्राचार गरिने र अन्तिममा सूचना प्रकाशन गरी बैंक खाता रोक्का गर्नेलगायत कारबाही गर्छौँ ।’

आर्थिक वर्ष ०७७/०७८ मा कर नबुझाउने ५० करदातामाथि कारबाही गरिएकामा यस वर्ष पनि कारबाही अघि बढाएको प्रमुख उनको भनाइ थियो ।

उक्त कार्यालयले चालु आव ०७८/०७९ को चार महिनामा रु एक अर्ब ७३ लाख २८ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यभन्दा २०८ प्रतिशत बढी हो । सो कार्यालयको यस अबधिमा रु ८३ करोड १८ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो ।

चालु आव ०७८र०७९ मा रु तीन अर्ब ८९ करोड ७२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा र चार महिनामै लक्ष्यको ५५ प्रतिशत राजस्व सङ्कलन भइसकेको प्रमुख यादवले बताए ।

शीर्ष समाचार

धेरै पढिएको