आगोलागीबाट एउटै घरका दुई बालबालिकाको जलेर मृत्यु

भरतपुर, चितवनको राप्तीमा एउटा घरमा आगलागी हुँदा दुईजना बालबालिकाको जलेर मृत्यु भएको छ । शनिबार राप्ती नगरपालिका-१ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा आगलागी भएको थियोे ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीमा परी उनको छोरातर्फको नाति ३ वर्षीय सुरज र उनकै छोरीतपट्टिका ३ वर्षीय नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको हो ।
सो आगलागीबाट घर, घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाडाकुँडा पूर्ण रुपमा नष्ट भएको छ भने घरमा अभिभावक नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।
सोलारको ब्याट्री सर्टको कारण आगलागी भएको अनुमान गरिएको छ । हाल्ल ती बालबालिकाको शव परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको छ ।
प्रतिकृया दिनुहोस्