January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

मुकुन्द घिमिरेकाे सरप्राइज : इन्दिरासँग गरे इङ्गेजमेन्ट

काठमाडौं । नेपाललाई मुकुन्दल्याण्ड बनाउँछु भन्दै खरो राजनीतिक टिप्पणी गर्ने मुकुन्देका नामले परिचित मुकुन्द घिमिरेले आफ्नो जीवन संगीनि फेला पारेका छन् ।

झापा जिल्लाको सुरुङ्गाकी इन्दिरा संग्रौलालाई घिमिरेले जीवन संगीनि चुनेका हुन् ।

केही समयदेखि सामाजिक सञ्जालमा मुकुन्दको लागि इन्दिराको आव्हान गरिरहेका मुकुन्दले शनिबार साँझ सबैलाई सरप्राइज दिदै इङ्गेजमेन्टको तस्बिर सार्वजनिक गरेका छन् ।

उनले तस्बिर सार्वजनिक गरेको आधा घण्टा हाराहारीमा तीनहजार भन्दा बढी उनका समर्थकहरुले लाइक लगायतका रियाक्ट गरेका छन् भने झन्नै दूइ हजारले शुभकामना दिएका छन् ।

घिमिरेले इङ्गेजमेन्टको तस्बिर सार्वजनिक गरेपनि बिवाहको मिति भने खुलाएका छैनन् ।

शीर्ष समाचार

धेरै पढिएको