January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

सिन्धुपाल्चोक भोटसिपा सिगालेका बिष्णु न्यौपाने सम्पर्क बिहिन,खाेजिदिन आफन्तकाे आग्रह

मंसिर ६ गते । सिन्धुपाल्चोक जिल्लाको भोपसिपा गाउपालिका –४ साविक (कुन्चोक वडा नं ५)का बिष्णु न्यौपाने २०७६ बैशाख १८ गते देखि सम्पर्क बिहिन भएका छन् । ५७ बर्षिय न्यौपाने बिगत २० बर्षदेखि चितवनको नारायणघाट स्थित एक मिठाइ पसलमा काम गर्दै आएका थिए ।

कामको सिलसिलामा सिन्धुपाल्चोक र चितवन गरिरहने उनि बैशाख १८ गते बेलुकि रात्रिबसबाट घर जान्छु भनेर हिडेका भए पनि आजसम्म परिवारकाे सम्पर्कमा नआएको उनका आफन्तले बताएका छन् ।

साथै कसैले देखेमा सम्पर्क गरि जानकारी दिनुहुन पनि बिष्नु न्याैपानेका आफन्तले अनुराेध गरेका छन् ।

न्याैपाने साँढे २ बर्षदेखि बेपत्ता भएकाले आफन्तहरु चिन्तामा रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको