January 19, 2022, Wednesday
२०७८ माघ ५, बुधबार

नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र प्रसाद चौरसिया विरुद्ध नारा जुलुस (भिडियो सहित)

नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र प्रसाद चौरसिया विरुद्ध नारा जुलुस भएको छ ।कलैयाको दरबार होटलमा निर्वाचन क्षेत्र नम्बर -४ परवानीपुर र ५ का नेपाली काँग्रेसको बैठक राख्न खोज्दा सोही क्षेत्रका यूवाहरुले सभापति चौरसिया विरुद्ध नाराबाजी गरेका हुन ।सभापति चोर हुन जस्ता नारा लगाएका थिए ।

अगाडि नेपाली काँग्रेस सभापति जयचन्द्र प्रसाद चौरसिया पछाडिबाट नेपाली काँग्रेसका कार्यकर्ताहरुले सभापति विरुद्ध नारा लगाउन थालेपछि सभापति चौरसिया दरबार होटलमा प्रवेश गरेका थिए ।होटलको गेटमा नै यूवाहरुबिच हात हालाहाल समेत भएको छ ।

बारा जिल्लामा अधिवेशन गराउन अाएका प्रतिनिधिकै बिना कार्यकर्ता भेला गरेर केही दाउपेच गर्न खोजेको भन्दै अाक्रोशित कार्यकर्ताहरुले नाराबाजी गर्नुको साथै हात हालाहाल समेत गरेका हुन ।

क्षेत्र नम्बर -४ मा ९ जना क्रियाशील सदस्य थपेको भन्दै त्यसलाई तत्काल खारेजी गर्नुपर्ने र लुकाछुपीको राजनीति पार्टीमा बन्द गर्न नेपाली काँग्रेसका कार्यकर्ताहरुले माँग गरेका छन् ।बारामा नेपाली काँग्रेसका कार्यकर्ताहरु १४ अौँ महाधिवेशनको तयारीमा जुटेका बेला यसले महत्त्वपूर्ण स्थान अगोटेको बुद्धिजीवीहरुको भनाइ रहेको छ।

शीर्ष समाचार

धेरै पढिएको