
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा ६३८ जनामा कोरोना पुष्टि भएको छ, योसँगै कुल संक्रमितको सङ्ख्या २३ हजार ९४८ पुगेको छ ।
आज कोरोनामुक्त भई १७१ जना डिस्चार्ज भएका छन भने डिस्चार्ज हुनेको सङ्ख्या १६ हजार ६६४ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रीफिङमा बताएका छन ।
देशभर ७ हजार २०१ सक्रिय संक्रमितको रहेका छन ।





