
काठमाडौं, राहदानी विभागले आज विद्युतीय राहदानी (इ–पासपोर्ट) सार्वजनिक गरेको छ । बुधबार विभागमै कार्यक्रम आयोजना गर्दै परराष्ट्र मन्त्री नारायण खड्काद्वारा शताब्दी पुरूष सत्यमोहन जोशीलाई साधारण इ–पासपोर्ट हस्तान्तरण गरिएको थियो ।
जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी मिलेको बताएका छन् । उनले सरकारलाई सफलताको शुभकामना समेत दिदै राहदानीले नेपालीको पहिचान बोक्ने हुँदा निकै महत्व रहने उनले उल्लेख गरेका थिए ।
आफूले हस्तलिखित पासपोर्ट बोक्नु पर्दाको झन्झटिलो अवस्थाको स्मरण गर्दै उनले विद्युतीय पासपोर्टले निकै सहज हुने अपेक्षा गरेको जोशीको भनाइ छ ।







