
काठमाडौं, महोत्तरीको रामगोपालपुर नगरपालिकाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने एक कार्यक्रमका लागि सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाले मङ्गलबार सूचना जारी गर्दै मंसिर १ गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो । नगर प्रमुख अशोककुमार मण्डलले जारी गरेकाे उक्त सुचनामा दाहालले वडा नम्बर २, ३, ४, ६, ७, ८ र ९ का आधारभूत स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्ने जनाइएकाे छ ।
उनका अनुसार कार्यक्रम बुधबार मध्याह्न १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्र, रामगोपालपुर-५ मा हुनेछ ।








