
काठमाडाैं, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदर्थमा गरिएको निरन्तर मूल्यबृद्धिको विरोधमा मंगलबार आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य परेको छ ।
उपत्यकामा सार्वजनिक सवारीको चाप कम भए पनि निजी सवारीहरु भने चलिरहेका छन् । विभिन्न स्थानका मुख्य चोक र संवेदनशील क्षेत्रहरुमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
काठमाडौंबाट छुट्ने लामो दूरीका सवारी साधन भने चलेका छैन भने उपत्यकाका धेरै क्याम्पस तथा विद्यालयले आजका लागि विदा दिएका छन् ।










