
जनकपुरधाम, स्थानीय प्रशासनले जनकपुरधाममा निषेधाज्ञा आदेश जारी गरेको छ । जनकपुरधाम उप–महानगरपालिका– २० २० रुपैठामा आज दिउँसो २ बजेदेखि आइतबार राति ११ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार
सम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस, हुलहुज्जत भएको भन्दै स्थानीय प्रशासनले जनकपुरधाममा निषेधाज्ञा आदेश जारी गरेको हो ।
रुपैठामा छठकै दिनदेखि तनाव शुरु भएको थियो भने एक समूहले छठ पर्व मनाउन रोक लगाएपछि दुई पक्षबीच विवाद हुँदै आएको छ ।







