
काठमाडौं, हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली उल्लेख नरहेका कारण वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रमले चिसो बढ्न थालेको देखिएको छ ।
शनिबार देशको पहाडी भू-भागगमा आंशिक बदली र बाँकी भू-भागगमा मौसम सामान्यतया सफा रहने छ । आइतबार भने देशका प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।







