
गण्डकी, नेपाली काँग्रेसबाट निर्वाचित पोखरा महानगरपालिकाका वडाध्यक्षहरुले यस्तो आपतकालीन समयमा गण्डकि प्रदेश सरकार र पोखरा महानगरपालिका गैरजिम्मेवार रहेको भन्दै चिन्ता ब्यक्त गरेका छन ।
वडाध्यक्षहरुका तर्फबाट पोखरा महानगरपालिका दलका नेता तथा सचेतक रामराज लामिछानेले सोमबार विज्ञप्ति जारी गर्दै महामारीका समयमा सरकार र पोखरा महानगरपालिकाले विशेष चासो दिन आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराएका छन । महामारीका कारण भयावह अवस्था सिर्जना भएको अवस्थामा सङ्घ, प्रदेश र स्थानीय सरकारको मुख ताक्नुभन्दा आफैंले सुरक्षितरूपमा रहनुपर्नेमा विज्ञप्तिमा जोड दिएका छन ।
भौतिक दुरि कायम गर्न, अत्यावश्यक कामबाहेक बा ननिस्कन, भिड्भाड नगर्न, व्यापार व्यवसाय गर्दा स्यानिटाइजर प्रगोग गर्न, साबुनपानीले राम्ररी हात धुन र मास्क अनिवार्य रुपमा प्रयोग गर्न आह्वान गरिएको छ भने पोखरामा १४७ संक्रमीत पुगेका छ ।





