
स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालीकाका अध्यक्ष दिर्घनारायण अर्यालले राजनैतिक प्रतिशोध साधेर तग कात्तिक २३ गते प्र अ माथी कारबाही गरेमकाे भन्दै पत्र काटेको छ ।
दरौं मा वि का एक शिक्षकले बिद्यालय ब्यबस्थापन को पुर्ण स्वीकृतमा १ बर्ष विदा लिएकोमा गाउँपालिकाका अध्यक्षले विदा नसकिदै स्कुलमा उपस्थित गराउन दवाव दिदै आएकोमा बिदामा बसेको शिक्षकलाई बिचमै उपस्थिति गराउन नमिल्ने बताउदै आएका प्र.अ.लाई गाउँ पालीकाका अध्यक्ष दिर्घनारायणले आफ्नो कुरा प्र अ ले नमानेको र अपमान गरेको भन्दै २ बर्ष बढुवा रोक्ने गरि अबैधानिक रुपमा कारबाहीकाे पत्र थमाएकाे छ।

दिर्घनारायण अर्याल नेपाली कांग्रेसबाट अध्यक्ष भएका हुन भने दरौं मावीका प्र अ कम्युनिस्ट बिचारधारामा आस्था राख्ने बुझिएको छ । अध्यक्ष दिर्घनारायण अर्यालले राजनैतिक प्रतिशोध राखेर मनमौजी तरिकाले कारबाहिको पत्र लेखेका छन् भन्ने आरोप गाउँका केही बुद्दिजिवीहरुले लगाएका छन् ।

कारबाही पत्रमा भनेअनुसार दरौं माविका प्र अ ले जवाफ नदिएका भने होइनन् । पटकपटक जवाफ दिएर पनि जवाफ नदिएको भनि झुटको बहाना बनाई अध्यक्ष दिर्घनारायण अर्यालले यसरी पदकाे दुरुपयोग गर्दै जथाभावी कारबाही गर्न तम्सिएका छन् ।







