December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

भीमेश्वर मन्दिरको प्रवेश द्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी 

चरिकोट, दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी भएको छ । मन्दिरको गेट बाहिरपट्टी रहेको सरस्वतीको मूर्ति चोरी भएको हो ।

गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठका अनुसार भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने प्रवेशद्धारको खोपामा राखिएको सरस्वतीको दुई मूर्ति चोरी गएराति चोरी भएको हो ।

बुधबार राति करिब १२ बजेको समयमा नकाबधारी व्यक्तिले सरस्वतीको मूर्ति चोरी गरेको दृष्य सिसिटिभीमा कैद भएको र त्यसबारे अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको