उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व आज सम्पन्न
सप्तरी, चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर आज बिहीबार बिहान सम्पन्न भएको छ । परिवारका सबै सदस्य मिलेर बिहानको उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर पर्व सम्पन्न भएको हो ।
छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना,तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न भएको हो ।
पहिले सहर गाउँका मुख्य मुख्य पोखरी, तलाउ, नदीमा मात्र मनाइने छठ पूजा यसपालि टोलटोल गाउँगाउँका हरेक पोखरी तलाउ नदीमा पनि मनाइएकाे छ । छठ पर्वमा बालबालिकादेखि जेष्ठ नागरिकसम्म सहभागी हुने गरेकाे सन्ध्या देवले बताइन् ।
प्रतिकृया दिनुहोस्