
सिन्धुपाल्चोक, जिल्लाको हेलम्बु- ७ इचोकबाट काठमाडौँतर्फ लागेको यात्रुबाहक बस बुधबार इचोकमा दुर्घटनाग्रस्त भएको छ ।
इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नं को बस हेलम्बुको इचोकमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।
यसैगरी दुर्घटनामा परि मृत्यु हनेमा हेलम्बु–३ पाल्चोककी ५५ वर्षीया महिला पासाङ तामाङ रहेको छ भने घाइते हुनेमा हेलम्बु ६ का अनुज तामाङ, सोही ठाउँमा पासाङ दोर्जे, साजन तामाङ, जङ्बु तामाङ, हेलम्बु ७ का आयुष पण्डित रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायब निरीक्षक सुनिल थापाले जानकारी दिएका छन् ।
हाल घाइतेको उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ भने बस चालकलाई प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको छ । उक्त बस ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।







