December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

पूर्वपश्चिम लोकमार्गमा बस दुर्घटना हुँदा १२ जना घाइते

सांकेतिक तस्वीर

तुलसीपुर, तुलसीपुर दाङ्गबाट विराटनगरतर्फ जाँदै गरेको बस बुधबार बिहान धनुषाको धनुषाधाम नगरपालिका-६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्गमा दुर्घटना भएको छ भने १२ जना यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार ना ६ ख ७१०२ नम्बरको बसको सन्तुलन बिग्रेपछि सडकबाट तल खस्दा दुर्घटना भएको हो । सडकबाट तल खसेको उक्त बसमा आफै आगो लागेको इप्रका ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिएका छन् । पल्टिने क्रममा तेल टंयाकी फुटन गई बसमा आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ ।

सवार यात्रुमध्ये १२ जना घाइते भएको छ । घाइतेहरुको नाम ठेगाना तत्काल खुल्न सकेको छैन भने घाइते हुनेमा सात जना महिला, चार जना पुरुष र एक जना बालक रहेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये १० जनाको पुष्पवलपुर स्थित एक निजी स्वास्थय उपचार केन्द्रमा दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ भने बाँकी यात्री सकुशल छन ।

यसैगरी बसमा लागेको आगो ढल्केबरस्थित दंगा नियन्त्रण गणका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवर जनपद प्रहरीले बरुण यन्त्रको मद्दतले नियन्त्रण लिइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको