December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

नेपाल आदिवासी जनजाति महासंघ काेरियाकाे शुभकामना,तथा सम्मान कार्यक्रम सम्पन्न ( भिडियो सहिद )

नेपाल आदिवासी जनजाति महासंघ ख्यङ्साङ्नाम्दाे क्षेत्रीय कमिटी बुसान काेरियाद्वा आयाेजीत शुभकामना, तथा सम्मान कार्यक्रम गत शनिबार बेलुकी नाेभेम्बर ६ तारिकका दिन प्रमुख अतिथि रविन राई र विशेष अतिथिहरुमा तमुधीं ख्यङ्साङ्नाम्दाे बुसान शाखाका अध्यक्ष कर्ण गुरुङ,मगर समाज किम्हे बुसानका अध्यक्ष धन सलामी मगर,न्यू भिजन ग्रुप काेरियाका अध्यक्ष दिपेन्द्र अधिकारी , स्याङ्जा परियार किम्हे बुसानका अध्यक्ष कमल अर्याल ,एनआरएनए बुसान शाखाका अध्यक्ष सानेराज थापा मगर र किराँत याक्थुङ चुम्लुङ बुसान शाखाका अध्यक्ष दीवा लिम्बूकाे उपस्थितिमा किम्हेकाे लुम्बिनी रेष्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको थियोे ।

त्यस्तै कार्यक्रममा शुभकामना आदानप्रदान,कलाकारहरुकाे उपस्थितिमा गित नृत्य गर्नुका साथै संस्थाकाे अघिल्लो कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरसलाई नेपाल आदिवासी जनजाति महासंघ काेरियाका अध्यक्ष परि गुरुङले सम्मान गरेकि थिइन् ।

त्यसैगरी चाडपर्वकाे अवसरमा गरिने यस्ता कार्यक्रमहरुले नेपालीहरुबिच सद्भाव बढ्ने संस्थाकत पूर्व अध्यक्ष राना तामाङ ब्लाेनले बताए साथै काेराेना देखि सावधानीहुन पनि उनले आग्रह गरे।कार्यक्रममा लगभग दुई सय जनाकाे उपस्थित रहेकाे थियाे ।

शीर्ष समाचार

धेरै पढिएको