December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

विदेशमा ख्याति कमाउँदै मधेसका बिनोद यादव

बारा, बाराको कलैया उपमहानगरपालिका-१७ ब्हापुरी निवासी बिनोद यादव विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा आवद्ध भई जनमासलाई सुचित गर्दै आएका छन् । मधेसका २८ वार्षिया युवा बिनोदले मलेसिया, दुबई र बंगलादेश लगायतका केही देशहरुमा स्वदेशी मानिसहरूलाई सहयोग गर्दै दु:खको सारथि बन्ने गरेका छन् ।

उनी हाल देश बाहिर रहि बैदेशीक रोजगारमा फसेका नेपाली युवाहरुको उद्धारमा जुटेका छन् । समान्य परिवारमा जन्मेका मधेशी युवा यादव सम्भवत पहिलो युवाको रुपमा उदाएका हुन् । उनी नेपालभन्दा बढी विदेशमा नै बस्छन् । उनले विदेशमा अलपत्र परेका नेपाली श्रमिकको उद्वार गरेको काम देखेर सबैजना छक्क परेको बाराका स्थानीय बताउँछन् ।

उनकै छिमेकी सुलमान मियाका अनुसार जन्मदेखी नै तिक्ष्ण दिमाग भएका यादवको कामले अहिले उनी आफ्नो गाउँमा प्रसंशाको बिषय बनेका छन् । किसानको छोरो यादव अहिले विदेशमा करोडौँको व्यवसाय संचालन गर्दै आएका छन् । साथै उनले विदेशमा फसेका युवाहरुलाई उद्घारसहित आवश्यक सहयोग गर्ने गरेका छन् ।

सञ्चारकर्मीसँगको कुराकानीमा छठ पर्वको शुभकामना दिँदै उनी आफुले मधेशी युवाको कर्तव्य पूरा गरेको बताउँछन् । व्यवसाय बाहेकको समयमा घुमफिरको सट्टा नेपालका विभिन्न ठाउँबाट आएका युवाबर्गको समस्या समाधान गर्दा आफुलाई गर्व लाग्ने उनको भनाई छ । उनी आफ्नो कामको सिलसिलामा दुबई र मलेशियामा बस्दै आएका छन्।

शीर्ष समाचार

धेरै पढिएको