December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

मंगलबार सर्वोच्चमा तोकियो सबैखाले मुद्दाका पेसी

काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । उनले आज नौवटा इजलास पेसी तोकेका हुन् ।

जसमध्ये आठवटा संयुक्त र प्रधानन्यायाधीश राणाको एकल इजलास रहेको छ । यसअघि सोमबार बन्दीप्रत्यक्षीकरणका मुद्दामा मात्र पेसी तोकिएको थियो । आज सबै खालका मुद्दामा पेसी तोकिएको छ ।

यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा आफुलालाई भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेकोलो उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरुले सुनुवाइ गर्न इन्कार गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको