
काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूका लागि शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँ खोज्न डा विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।
समितिलाई दुई महिनाभित्र काठमाडौं वा चितवनलगायत सहरको उपयुक्त ठाउँमा जग्गा खोज्न कार्यावधि तोकिएको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिएका छन् ।







