December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

आजको राशिफल: कस्तो रहनेछ तपाइँको भाग्य?

काठमाडौं, २०७८ साल कार्तिक महिनाको २३ गते मंगलबार, कार्तिक शुक्लपक्षको पञ्चमी तिथि ।

मेष 
मनमा एकतमासको बिरक्तिले सताउने छ । तर भाग्यको साथ रहेकाले परिस्थिति भने बिग्रन पाउने छैन् । पारीवारिक जीवनमा कटुताको सामना गर्नु परेता पनि व्यवस्थापन हुन पुग्ने छ ।

वृष
स्मरणशक्तिमा गिरावट आउने छ । निर्णय क्षमतामा पनि कमजोरी देखिने हुँदा सोच विचार गरेर मात्र निर्णयहरु लिनु उपयुक्त हुने देखिन्छ । भगवानप्रति श्रद्धा बढ्ने छ ।

मिथुन 
सामाजिक जीवन सक्रिय रहने छ । समाजको कदर र सम्मान प्राप्त हुने छ । आवश्यकता भन्दा कडा खालको व्यक्तित्व बन्न जाने भएकाले यसबारेमा ध्यान दिनुहोला । दाम्पत्य जीवनमा मधुरता र आपसी समझदारी उच्च हुने छ ।

कर्कट
उत्साह र उमङ्गले जीवन उर्जाशिल हुने छ । नयाँ नयाँ विचार र सोचाईहरु निरन्तर आउने छ । नयाँ नयाँ काम गरौँ गरौँ लाग्ने छ । पेशागत क्षेत्रमा नतिजामुखी काम गर्न नसक्दा विश्वासमा एक खालको कमि देखा पर्ने छ ।

सिंह
नरम भन्दा चर्काे शैलीको स्वाभाव हुँदा अरुले असहज महशुस गर्ने छन् । बोलीकै कारण बन्न लागेका कामहरु पनि बिग्रन जाने जोखिम देखिएका कारण संयमित रहँदा नै उचित हुने देखिन्छ ।

कन्या
विचार व्यवहारमा प्रष्टताको अभाव हुने हुँदा अरुले अन्योलग्रस्त व्यक्तिका रुपमा लिने छन् । नरम खालको व्यक्तित्व हुने हुँदा अरुसँग मिलनसार स्वाभाव हुने छ । साझेदारीमा गरिएका कामबाट लाभ प्राप्त हुने छ ।

तुला
आम्दानीमा बृद्धि हुने छ । घर घडेरी जोड्ने समय सक्रिय रहेको छ । पेशागत जीवनबाट पनि लाभ मिल्ने छ । आम्दानीमा पनि बृद्धि हुने छ । परिवारप्रति समर्पित हुन मन लाग्ने छ । बोलीको प्रभावकारीताका कारण लोकप्रियता हासिल हुने छ ।

वृश्चिक
समय अनुकुल रहेको छ । आम्दानीका क्षेत्रहरुमा केही प्रगतिका लक्षणहरु देखिने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले प्रतिष्पर्धीहरुले पेल्न सक्ने छैन् । पेशागत जीवनमा आशा गरे जस्तो नभए पनि धेरै अशुभ पनि हुने छैन् ।

धनु
धन धान्यमा बृद्धि हुने छ । सामाजिक छविमा सुधार आउने छ । धर्म अध्यात्मप्रति तिब्रता आउने छ ।  पेशागत क्षेत्रमा धैर्य भएर अघि बढ्नु पर्ने छ । परिवारमा द्वन्द निम्तिने छ ।  शेयर क्षेत्र सकारात्मक बन्ने छैन् । 

मकर 
भाग्यको साथ रहेको छ । बोली मिठो खालको हुने हुँदा अरुको मन जितिने छ । धन सम्पत्तिमा बृद्धि हुने छ भने पेशागत जीवनमा भने केही चुनौतिको सामना गर्नुपर्ने छ । सन्तानका गतिबिधिबाट आरोप सहनु पर्ने छ ।

कुम्भ 
बोलीको प्रभावकारीता बढ्ने छ । पेशागत क्षेत्रमा तिब्रता आउने र कामहरु थपिने छन् । व्यापारमा तिब्रता आउने र कमाईमा पनि बृद्धि हुने छ । तर पारीवारिक सदस्यहरुका बीचमा भने अविश्वास पैदा हुँदा स–साना विषयमा पनि उल्झनहरु आउने छ ।

मीन
समाजमा अरुले कदर गरे पनि घर परिवारका सदस्यहरुले भने आलोचना फैलाउने छन् । पेशागत जीवनमा थप भूमिका प्राप्त हुने छ । पैसाको हिसावले धेरै आम्दानी नबढे पनि अन्य खालका आम्दानीमा बृद्धि हुने छ । विभिन्न खाले उपहार प्राप्त हुने छ ।

शीर्ष समाचार

धेरै पढिएको