December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

छठको उपलक्ष्यमा व्रतालुहरुलाई सासंद प्रदीप यादवले वितरण गरे साड़ी र पिठो

वीरगन्ज, कार्तिक २२। पर्सा निर्वाचन क्षेत्र न. १ का सांसद प्रदिप यादवले आज छठ पर्वको विशेष उपलक्ष्यमा छठ ब्रतालुहरुलाई साडी र पिठो वितरण गरेका छन् ।

आज देखि सुरु भएको छठ पर्वको अवसरमा सांसद यादवले आफ्नो संसदीय निर्वाचन क्षेत्र न.१ बिरगंज महानगरपालिकाको विभिन्न वडाहरुमा आज आयोजना गरिएको कार्यक्रममा छठ ब्रतालुहरुलाई साडी र पिठो वितरण गरेका हुन् । हरेक वर्ष झै यस वर्ष पनि गरिब असहाय छठ व्रतालुहरु लाई साड़ी र पिठो वितरण गरिएको सांसद यादवले बताए।

सांसद यादवले छठ पर्वले देशमा शान्ति एवम समृद्धिको बाटोमा अग्रसर होस भन्ने कामना गरेका थिए । छठ पर्व गर्नाले दुख दरिद्रता नास हुने विश्वास रहिआएको सुनिदै आएको मा यस वर्षको छठ पर्वले माता छठिले देश र समाजको उन्नतिको लागी प्राथना समेत गरेको बताउनु भयो ।

हिन्दु धर्म संस्कृतिमा छठपर्वका बेला ब्रतालुले सम्भव भए नयाँ चोखो पहिरण लगाएर ब्रत गर्नुपर्ने हो सोही अभिलाशालाई पुर्ण गर्न हरेक वर्ष झै यसवर्षपनि मधेस फ़ाउन्डेशन नेपाल को सहयोग मा आवश्यक्ता हेरेर दिन दुःखीलाई छठपुजाका लागी साडी तथा पिठो वितरण गरेको सांसद प्रदिप यादवले जानकारी गराउनु भएको हो ।


छठपर्वको शुभकामना दिनुहुदैँ उहाँले आफ्नो क्षेत्रका प्रत्येक जनताको सुख दुःखमा आफु सरिक हुन पाउदाँ आफुलाई निकै गर्ववान्वित महशुस हुने गरेको बताउनु भएको थियो ।

सांसद यादवले आवस्यकता अनुसार साडी र पिठो बितरण भएको भन्दै ब्रतालुहरुलाई सुधता र आस्था का साथ मनाईने यस पर्वको विशेष महत्व रहेकोले विपिन र असहाय व्रतालुहरुलाई ठुलो राहत हुने र ख़ुशी साथ पर्व मनाउन सक्ने विश्वास भएको बताए ।

बिरगंज महानगरपालिका को वार्ड न.५,१६ को कुमहाल टोल, जेल रोड, घुसुकपुर, नगवा, शिव टोल लगायतको विभिन्न ठाउमा आयोजित सो कार्यक्रममा ८०० साड़ी र पिठो वितरण गरिएको सांसद यादवका स्वकिय सचिव निखिल बरनवाल ले बताए ।

शीर्ष समाचार

धेरै पढिएको