March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

सोमबारबाट विदेशी यात्रुहरुले जापान प्रवेश गर्न पाउने

टोकियो। जापान प्रवेशका लागि लामो समय प्रतिक्षा गरिरहेका विद्यार्थी, व्यवसायी एवं प्राविधिक कामदारहरुका लागि सोमबारबाट जापान आउन पाउनेगरी नियम परिवर्तन हुने भएको छ ।

कोभिड १९ को महामरीलाई मध्यनजर गरि जापान सरकारले लामो समय देखिको जापान प्रवेशमा प्रतिबन्ध गरेकोमा सोमबार देखि खुकुलो पार्ने एवं आपतकालका समयमा बनाईएको नियमहरुलाई परिमार्जन गर्ने भएको हो । जापान प्रवेशको प्रतिक्षा गरेका बिदेशीहरुलाई जतिसक्दो छिटो प्रवेश गर्न सहजीकरण गर्ने उद्देश्यले आगामी सोमबार हालका काडा नीतिहरुहरुलाई परिमार्जन गर्न लागिएको जापानी समाचार एजेन्सीहरु जनाएका छन ।

विभिन्न सचारमाध्यमहरुले दावि गरेको तथ्याङक अनुसार जापान आउन चाहान राख्ने एवं जापान सरकारबाट (सिओई) प्राप्त गरेका विदेशी विद्यार्थीहरु प्राविधिक कामदारहरुको सख्या करिब चार लाख रहेको बताईएको छ ।

जापानिज भाषा अध्ययन गर्ने विद्यार्थीहरु अनलाई मार्फत अध्ययन गरिरहेको भएपनि विश्वविद्यालय सहित प्राविधिक विद्यार्थीहरुको सख्या अझै बढन सक्ने बताईएको छ ।सोमबार जारी गरिने नियम अनुसार व्यवसायीहरुको जापान प्रवेश सजिलो हुने छ भने पर्यटन भिषाका लागि अझै केहि समय प्रतिक्षा गर्नु पर्ने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको