December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

कपिलबस्तुको बाणगंगामा ६ लाख बढी नगद सहित ३१ जना जुवाडे पक्राउ

कपिलबस्तु, जिल्लाको बाणगंगा नगरपालिकाको दुई छुट्टा छुट्टै जुवाको खालबाट ६ लाख बढी नगद सहीत प्रहरीले ३१ जना जुवाडेलाई बिहीवार राति पक्राउ गरेको छ । ईलाका प्रहरी पिपराबाट खटिएकाका प्रहरीले गोप्य सुचनाका आधारमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । जुवाको खालबाट पासा सहीत उनीहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।

बाणगंगा नगरपालिका वडा नम्बर २ तिनैयाबाट ७६ हजार ७४५ नगद सहीत १२ जना पक्राउ परेका छन् । यस्तै नगरपालिका वडा नम्बर १ बैरियाबाट ५ लाख ४२ हजार ३८० रुपैया नगद सहित १९ जनालाई पक्रेको थियो । १९ जनालाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी निरीक्षक गुरुङले बताए । यस्तै १२ जनालाई भने ईलाका प्रहरी कार्यालय पिपराको हिरासत कक्षमा राखिएको छ ।

पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने शीर्षकमा मुद्दा चलाईने प्रहरी निरिक्षक गूरुङले बताए । एकै पटक यति धैरै संख्यामा जुवाडे पक्राउ परेको यो जिल्लाको पहिलो घटना रहेको प्रहरीले जनाएको छ । उता सदरमुकाम तौलिहवा बजारमा राति बाटोमा पटाका पडकाउने होहल्ला गरी हिडेका २३ जनालाई बिहीवार राति पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक धर्मराज भन्डारीले बताए । उनीहरुलाई शुक्रवार काजग गराई छाडिएको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको