
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप ३३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमले बताएका छन, योसँगै कुल संक्रमितको सङ्ख्या २३ हजार ३१० पुगेको छ ।
नेपालमा क्वारेन्टाइनमा रहनेको सङ्ख्या १० हजार ७५९ पुगेको छ। सोमबार नेपालमा कोरोनामुक्त भई १४० जना डिस्चार्ज भएको छन, भने ७९ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनएको छ ।





