१४ औ महाधिवेशनमा युवाहरुको आवाज बुलन्द गर्न तथा एकताको सन्देश दिनको लागि दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम कलैया उपमहानगरपालिका वडा नं ४ पर्सा सिटी कलोनिमा रहेको करण राज होटेल प्यालेसको सभा हलमा समपन्न भएको छ।
कार्यक्रममा स्वागत मन्तव्य नेविसंघ बाराका कार्यवाहक अध्यक्ष हरीओम साहले राखेका थिए भने सो कार्यक्रमका स्वागत कर्ता सहमहामन्त्री रौनियार रहेका थिए।
सो कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद रामअयोध्या प्रसाद यादव तथा नेविसंघका निवर्तमान सहमहामन्त्री राजेश रौनियारको अध्यक्षता भएको थियो।
सो कार्यक्रममा विशिष्ट अतिथी नेकाका राजेन्द्र यादव, नेकाका महासमिति सदस्य रामानन्द यादव, नेकाका जिल्ला सचिव मनोज भट्ट, महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादव, पचरौता नगरपालिकाका प्रत्यासी किशोरी यादव, नेबि संघ निवर्तमान केन्द्रीय सदस्य नौराज त्रिपाठी, नेकाका छेत्रीय कोषाध्यक्ष संजित यादव, जन जागरण युवा कल्ब बाराका अध्यक्ष भैयाराम यादव, नेकाका राजेन्द्र चौधरी, नेपाल तरुण दल कोल्हवीका अध्यक्ष संजय चौधरी, नेविसंघका केन्द्रीय नेता अक्तर अंसारी लगायतकोले शुभकामना मन्तव्य राखेका थिए।सो कार्यक्रममा सञ्चालन नेबिसंघ पर्सा जिल्ला का सचिव प्रभात सिंहले गर्नु भएको थियो।










