December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

नेकपा एमालेले चितवनमा गर्न लागेको १०औ महाधिवेशनमा एकीकृत समाजवादीलाई नबोलाउने

काठमाडौं। नेकपा एमालेले चितवनको भरतपुरमा गर्न लागेको १०औ महाधिवेशनमा एमालेबाट बिभाजित भएर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई नबोलाउने भएको छ ।

एमाले प्रचार विभागले बिहीबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकीकृत समाजवादीलाई नबोलाउने बताएका हुन् ।

एमालेले पार्टीको १०औं महाधिवेशनम मुलुकका विभिन्न राजनीतिक दल तथा मित्रराष्ट्रहरुका दलका प्रतिनिधिलाई बोलाउने निर्णय गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको