December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

सुनको मूल्य घट्यो

काठमाडौँ। बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा २५ रुपैयाँ घटेर प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको