December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

महिलाले नेपालमै उत्पादन गरेको स्यानिटरी प्याड ‘साथी’ बजारमा

सिर्जनशील महिला उद्यमी प्रालिले नेपालमै उत्पादन गरेको स्यानिटरी प्याड ‘साथी’ बजारमा आएको छ । ‘महिनावारीको समयमा शारीरिक सरसफाइमा ध्यान पुर्‍याऊँ, अनिवार्य सेनेटरी प्याड प्रयोग गरौं” भन्ने नाराका साथ बजारमा ल्याएको उक्त प्याड चार प्रकारका छन् ।

यस स्यानिटरी प्याडको मुख्य विशेषता आयातित विदेशी प्याडभन्दा निकै गुणस्तर र अरू प्याडले ६ घण्टा मात्र काम गर्ने ठाउँ यो १० घण्टासम्म टिक्ने सिर्जनशील महिला उद्यमी प्रालिकी संस्थापक प्रियाकुमारी लामिछानेले जानकारी दिइन् । उक्त कार्यक्रमा बोल्दै पूर्व मुख्यसचिव तथा चीनका लागि नेपाली पूर्वराजदूत लीलामणि पौडेलले यस उद्योगलाई महिलाले सञ्चालन गरेकोप्रति निकै खुशी व्यक्त गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको