December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

मरिच सुपारी र केराउ आयातमा लाग्दै आएको बन्देज कायमै

काठमाडौं, कार्तिक १५। नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ । राष्ट्र बैंकले शुक्रबार मात्रै एकीकृत निर्देशन जारी गर्दै केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको परिमाणात्मक बन्देज तथा प्रतिबन्ध हटाएको थियो ।

सो निर्णय भएको २४ घण्टा नबित्दै राष्ट्र बैंकले पुनः यस्तो निर्णय गरेपछि केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको परिमाणात्मक बन्देज ९प्रतिबन्ध० कायमै रहेको छ । राजनीतिक दल र यस्ता वस्तुको आयात–निर्यातमा संलग्न व्यवसायीहरूको दबाबमा राष्ट्र बैंकले आफ्नो निणर्य फिर्ता लिएको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशन रामु पौडेलले शनिबार अर्को एक सूचना जारी गर्दै शुक्रबार जारी भएको निर्देशन खारेज भएको जानकारी दिएका हुन् ।

राष्ट्र बैंकले गरेको यस्तो निर्णयका अनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको बन्देजसमेत हटेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै त्यस्तो बन्देज तत्काललाई हटाएको थियो । राष्ट्र बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालू आवका लागि कुल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी व्यवस्था गरिएको थियो ।

यसैगरी, सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाई चालू आर्थिक वर्षका लागि २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने भनेको थियो । त्यसैगरी, छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालू आवका लागि ५० हजार मेट्रिक टन आयात गर्न सकिने एकीकृत निर्देशनमा उल्लेख थियो । सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिइने राष्ट्र बैंकले जनाएको थियो ।

राष्ट्र बैंकले निकासी पैठारी ऐन २०१३ अन्तर्गत समयसमयमा पूर्ण वा परिमाणात्मक बन्देज लगाएका वस्तुको आयात खुला गर्ने निर्णय गरेको थियो । शुक्रबार गरेको त्यस्तो व्यवस्थाअनुसार केराउ, सुपारी, मरिच र छोकडामा परिमाणात्मक बन्देका आधारमा आयात खुला हुँदै थियो । जसअनुसार राष्ट्र बैंकको भन्सार उपशीर्षक ०७१३/१०/१० को केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएर आर्थिक वर्ष २०७७/७८ अवधिका लागि कुल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी आयात गर्न पाउने व्यवस्था गरेको थियो । राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको