
काठमाडौं, नेपाली सभापति शेरबहादुर देउबाले पार्टिको बिधानबमोजिम केन्द्रिय बिभागमा आज उपप्रमुख, सचिब र सदस्य मनोनयन गरि पुर्णता दिएका छन । उक्त भिभागका प्रमुख भने यसअघी नै मनोनयन गरिएको थियो ।
उनले पार्टीका नेता गोपालमान श्रेष्ठ प्रमुख रहनुभएको सङ्गठन विभागको सचिवमा विनकुमार विश्वकर्मा र सदस्यमा अन्य विभिन्न ४० जनालाई सदस्यमा मनोनयन गरेका छन । यसैगरी हरिप्रसाद नेपाल प्रमुख रहनुभएको शिक्षा विभागको उपप्रमुखमा शेषनाथ अधिकारी र सचिवमा डा कृष्णप्रसाद पौडेल तथा सदस्यमा विभिन्न जिल्लाबाट ३८ जना सदस्य मनोनयन गरिएको काँग्रेसका मुख्य सचिवले जानकारी दिएका छन ।







