महोत्तरीमा बोक्सा-बोक्सीको आरोपमा दुई जनालाई कुटपिट गर्दै खुवाइयो मलमूत्र

महोत्तरी, महोत्तरीमा बोक्सा–बोक्सीको आरोप लगाउँदै स्थानीय महिलाहरुले एक परिवारका सदस्यहरुलाई मलमुत्र खुवाएका छन् ।
महोत्तरीको औरही नगरपालिका-९ स्थित अगलेशरामा
महिलाहरुको एक समूहले ५० वर्षीय एक पुरुष र ५५ वर्षीया महिलालाई बिहीबार साँझ बोक्सा–बोक्सीको आरोप लगाएर कुटपिट गर्दै मलमूत्र खुवाएका हुन् ।
मलमुत्र खुवाइएका महिला र पुरुष नातामा देवर–भाउजु पर्छन् । उक्त घटनालगत्तै हाल इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटेका प्रहरी टोलीले पीडितहरूको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा भर्ना गरिएको छ ।
महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यका अनुसार घटनामा संलग्नमध्ये एक जनालाई पक्राउ गरिएको छ । उनले पीडितको जाहेरीको आधारमा घटनामा संलग्नहरूलाई पक्राउ गरी तत्कालै कारबाही गरिने बताएका छन् । यसैगरी घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्