January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

बाह्रबिसे नगर कमिटीको प्रथम नगर अधिबेशनबाट अध्यक्षमा राउत चयन

सिन्धुपाल्चोक बाह्रबिसे , बाह्रबिसे नगर कमिटीको प्रथम नगर अधिबेशनबाट अध्यक्षमा ज्ञानेन्द्र राउत चयन भएका छन् ।

नेकपा एमाले बाह्रबिसे नगर कमिटीको कात्तिक ९ गते मंगलबार भएको प्रथम नगर अधिबेशनबाट सर्बसम्मत रूपमा अध्यक्षका लागि राउत चयन भएका हुन् । त्यसैगरी
उपाध्यक्षमा कल्याणी घिसिङ चयन भएकि छन् भने सचिवमा राजकुमार सुवेदी, उप-सचिवमा कुल बहादुर श्रेष्ठ र उप-सचिव राजिब लामा चयन भएका छन् ।

त्यस्तै सदस्यमा लाल कुमारी राउत सहित सर्बसम्मत रूपमा ७५ सदस्यीय नगर कमिटी गठन भएको हाे ।

शीर्ष समाचार

धेरै पढिएको