
काठमाडौं, कोरोना बिरुद्व नेपाल सरकारले जारी गरेको जनस्वास्थ्य मापदण्डको प्रयोग नागरिकस्तरबाट आवश्यक रुपमा पालना नगरिएको पाइएको छ । कोभिड-१९ न्यूनीकरणका लागि सामाजिक दुरि कायम, मास्कको प्रयोग, स्यानिटाइजर र साबुनले पटकपटक हात धुने कुरा अपरिहार्य छन तर उपत्यकावासिले यसको पालना नगरेको अध्यनले जनाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ४ हजार ५०२ गरेको अध्ययनमा मास्क लगाउनेको ७२.१ प्रतिशत पाएको छ भने मास्क नलगाउनको २७.१ प्रतिशत पाएको छ । अध्ययनमा मास्क लगाउनेमध्येमा पनि कपडाको मास्क लगाउनेको ७२.३३ प्रतिशत थियो भने नाक मुनि वा चिउँडोमा मास्क लगाउने, घाँटीमा मास्क झुन्ड्याउने , मास्क हातमा झुन्ड्याउने, मास्कको कडा भागलाई नाकको आकारमा नथिचेर लगाउने २७.३४ प्रतिशत थियो ।
काठमाडौँ उपत्याकाभित्र पर्ने २३ वटा सार्वजनिक स्थलहरुमा सर्वेक्षण गरिएको थियो । परिषदले जनस्वास्थ्यका मापदण्ड पालना भएको छ/छैन भन्ने विषयमा व्यक्तिगत तह र संस्थागत तहमा गरी दुई तहमा सर्वेक्षण गरेको थियो ।





