
टिकापुर, कैलालीको भजनि नगरपालिकाले बाढिबाट प्रभावित भएका सुत्केरी तथा गर्भवती महिलालाई स्वास्थ किट्का साथै राहत वितरण गरेको छ ।
उक्त किटमा दाँत माझ्ने ब्रस, कोलगेट, नुहाउने साबुन, लुगा धुने साबुन, नेल कटर, आमा र शिशुका लागि न्यायो कपडा, महिनावारीको समयमा आवश्यक पर्ने प्याड, लुगा सुकाउने डोरी रहेका छन् । नगरपालिकाले पीडित परिवारलाई खाद्यान्न, भाडाकुँडा, त्रिपालजस्ता सामान दिन थालेको छ भने गर्भवती र सुत्केरीलाई अतिआवश्यक पर्ने सामान भएकाले स्वास्थ्य सामग्री भएको झोला नै दिन थालेको उपप्रमुख बताउछन् । “महिलालाई बढी समस्या हुन्छ, यस्तो समस्यामा महिलालाई सरसफाइका लागि सामग्री चाहिन्छ”, उहाँले भन्नुभयो, “महिलालाई पानी शुद्धीकरणका लागि चाहिने पियुससमेत दिएका छौँ । यस्तो बेलामा शुद्ध पानी आवश्यक हुन्छ ।”






