January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

मुख्यमन्त्री शाक्यको राजीनामा स्वीकृत

हेटौंडा , बागमती प्रदेशका मुख्यमन्त्रीकाे राजीनामा स्वीकृत भएको छ । अल्पमतमा परेपछि राजीनामा दिनुभएका बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शाक्यले राजीनामा स्वीकृत गर्नुभएको हो ।

यसअघि मुख्यमन्त्री शाक्यले प्रदेश सभाको बुधबारको बैठकमा राजीनामा घोषणा गर्दै प्रदेश प्रमुख शर्मासमक्ष राजीनामा बुझाउनुभएको थियो ।

मुख्यमन्त्री बनेको एक सातामा नै अल्पमतमा पर्नुभएकी शाक्यले दुई महिनापछि बुधबार प्रदेश सभाबाट विश्वासको मत लिन कार्यतालिका तय भएको थियो ।

तर मुख्यमन्त्री शाक्यले आफू संस्कारयुक्त र सहमतिको राजनीतिको पक्षमा रहेको बताउँदै प्रदेश सभाको बैठकमा राजीनामा दिनुभएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको