बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिइन् राजीनामा

काठमाडौं कात्तिक १० गते । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । उनले बागमती प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्रीबाट राजीनामा दिने घोषणा गरेकी हुन् ।
भदौ २ गते एमाले विभाजनको संघारमा रहेको बेला मुख्यमन्त्री बन्न पुगेकी शाक्य शुरूदेखि नै बागमती प्रदेश सभामा अल्पमतमा परेकी थिइन् ।
७१ दिन बागमती प्रदेशको मुख्यमन्त्री भएर शाक्यले राजीनामा गरेकी छन् । शाक्य नेपालकाे पहिलो महिला मुख्यमन्त्री पनि हुन् ।
बागमती प्रदेश सरकारले पारदर्शी रूपमा काम गरेकाले एकदमै न्यून बेरूजु रहने प्रदेशमध्येमा रहेको उनकास भनाइ छ ।
प्रतिकृया दिनुहोस्