
काठमाडौं, स्वदेशी तथा बिदेशी बजारमा सुनको मुल्य दिनानुदिन उकालो लाग्न थालेपछि नेपालमा सुन व्यवसायी संकटमा पर्न थालेका छन । सामान्य अवस्थामा दैनिक १०-२० किलोभन्दा बढी र तिज, दशैँ र तिहारमा ३० देखि ४० किलोसम्मको व्यापार हुने सुन कोरोनाको संक्रमण र मुल्य वृद्धिसँग कारोबार ठप्प जस्तै भएको छ ।
सुनको मूल्य बढेपछि किन्नेभन्दा बढी बेच्ने होलान् भन्ने व्यवसायीको अपेक्षा भए पनि खासै बिक्रेता पनि नआएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका महासचिवले बताएका छन । उहाँले भन्नुभयो, “नेपालमा ढिक्का सुनभन्दा पनि गहना बनाएर राख्ने प्रचलन रहेकाले मूल्य निरन्तर बढिरहँदा उपभोक्ता पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । ”
खासमा सामान्य ग्राहकको सुनप्रतिको आकर्षण अहिले सुनको बढ्दो भाउ बुझ्दै आश्चर्य प्रकट गर्नु मात्र रहेको पाइन्छ ।





