April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

काँग्रेस प्रधानन्यायाधीशको पक्षमा उभियाे

नेपाली काँग्रेस प्रधानन्यायाधशि चोलेन्द्र शमशेर जबराको पक्षमा देखिएको छ । जबराको राजीनामाको माग कानुन व्यवसायीको संघ संगठन देखि कतिपय पूर्वप्रधानन्यायाधीश र पूर्व न्यायाधीशबाट आइरहँदा काँग्रेस राजीनामाको विपक्षमा उभिएको हो ।

प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा कुनैपनि हालतमा प्रधानन्यायाधीश जबराले राजीनामा दिन नहुने पक्षमा उभिएका छन् । उनले सोमबार गठबन्धन दलका शिर्ष नेतालाई बालुवाटारमा डाकेर आफ्नो धारणा स्पष्ट राखिसकेका छन् ।

आज काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानन्यायाधीशबारे चिन्ता व्यक्त गरे । काँग्रेस संसदीय दलको बैठकपछि पत्रकारको प्रश्नमा भने,‘हामीलाई प्रधानन्यायाधीशबारे चिन्ता छ ।’ न्यायालय राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने बताउँदै काँग्रेसले त्यस्तो हस्तक्षेप समेत नगर्ने स्पष्ट पारे ।

प्रधानन्यायाधीश जबराको भूमिकाप्रति प्रश्न गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग नजिक रहेका कानुन व्यवसायीहरुले राजीनामा माग्दै आएका छन् । तर, काँग्रेस निकट कानुन व्यवसायीहरु यसबारे मौन या राजीनामाको विपक्षमा छन् ।

शीर्ष समाचार

धेरै पढिएको