सुनसरी समाज र टिकटक ग्रुपको आयोजनामा युएईमा दिपावली सास्कृतिक कार्यक्रम हुने

युएई कात्तिक ८ गते । नेपालिहरुको माहानचाड दिपावलिको अबसर पारेर सुनसरी समाज र युएई टिकटक ग्रुपको आयोजनामा युनाईटेड अरब इमिरेट्स (युएई ) मा बसोबास गर्ने नेपालिहरु सङ देउसी भैलो तथा भेटघाट ,सास्कृतिक कार्यक्रम हुने भएको छ।
तिहारमा उक्त कार्यक्रम गर्ने सुनसरी समाज युएईका सस्थापक रोहित बस्नेतले जानकारी दिएका छन् उक्त कार्यक्रममा ५०, ६० जनाको सहभागिता रहने आयोजकको अनुमान रहेको छ ।
प्रवासमा रहेर पनि नेपाली दाजु भाई तथा दिदीबहिनीहरुको भेटघाट हुदा थोरै भए पनि रमाइलो हुने ,आत्मिएता र सहयोगी भावना पैदा हुने युएई समाज सुनसरीको सम्योजक सरु कटुवालकाे भनाइ छ ।
कार्यक्रम मेजमन होटल बरदुबाईमा नोभेम्बर ०५ २०२१ दिउँसो २ बजे देखि राती १२ सम्म हुने तय भएको सस्थापक रोहित बस्नेतले जानकारी दिए । थप जानकारीका लागि तल दिएको नम्बरमा सम्पर्क गर्न सकिनेछ । रोहित बस्नेत ०५०७७८३६१४ सुनसरी समाज युएईमा आबद्ध व्यक्तिहरुकाे नाम तल उल्लेख गरिएको छ ।
सस्थापक – रोहित बस्नेत,सल्लाहकार -भोला ढकाल, संरक्षक -इन्द्र बिस्ट,महिला सम्योजक -देबिका आचार्य,प्रबक्ता -राम आचार्य,सम्योजक -सरु कटुवाल छन् भने केन्द्रिय कार्यसमितिमा अध्यक्ष : सुरेन्द्र लामा,उपाध्यक्ष :तिलक बहादुर कार्कि,महिला उपाध्यक्ष : सबिना पराजुली,सचिब :दुर्गा अधिकारी कोषाअध्यक्ष :सुशिला श्रेष्ठ,सदस्यहरुमा :नेत्र निरौला,देबेन्द्र कटुवाल(बासुकी ),अरुण शर्मा,रुद्र कार्की र
पेसल नेपाल रहेका छन् ।
प्रतिकृया दिनुहोस्